विस्तारशील ब्रह्माण्ड र महाविस्फोटको सिद्धान्त
विश्वको उत्पत्तिको वैज्ञानिक सिद्धान्तलाई महाविस्फोट सिद्धान्त भनिन्छ । यो सिद्धान्तको आरम्भ महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तबाट भएको थियो । आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त आउनुभन्दा पहिले यो विश्व वा ब्रह्माण्ड कस्तो छ भन्ने सम्बन्धमा विचार गर्ने आधार न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्त थियो । तर त्यसबाट सन्तोषजनक उत्तर पाउन सकिंदैनथ्यो । न्यूटनको सिद्धान्तअनुसार ब्रह्माण्डलाई सीमित मानियो...