जात व्यवस्था : सामाजिक सभ्यताको बाधक
विभिन्न देशमा भएका वर्ण व्यवस्थामा नगईकन म दक्षिण एसियाको मात्र कुरा गर्छु । वर्ण व्यवस्थाभित्र लुकेको षड्यन्त्रलाई छाडेर सकारात्मक, यसका सकारात्मक पक्षलाई मात्र हेर्दा पनि वर्ण व्यवस्थाको मूल अवधारण के छ भने मान्छे जन्मिँदा फरक–फरक क्षमता र विशेषताका जन्मिन्छन् । त्यसकारण तिनीहरूको समूहबद्धता फरक–फरक हुनुपर्छ भन्ने देखिन्छ । कोही बौद्धिक काम गर्ने, कोही कृषि काम...