काठमाडौं: खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई हराउँदै विजयी भएका हुन् । उनले विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाएर निर्वाचित हुँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएर पराजित भए ।