काठमाडौं: दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वीको तुलनामा दुई हजारभन्दा बढी मत ल्याएर विजयी भएका हुन्।
बडूले २८ हजार ५ सय १५ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत ल्याएर पराजित भएका छन्। उनीहरूको मत अन्तर २ हजार १ सय ३४ छ।