April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गण्डकीका प्रदेश सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

२०७९ पुष १४

862

काठमाडौंः गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको छ । शपथ ग्रहण आज दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश संसदको अधिवेशन आह्वान गरेका छन् ।