April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिने

२०७९ माघ ११

928

काठमाडौंः लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् । आज बिहानमात्र कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो । उनी रोल्पाका पूर्व सभापति हुन् । उनले आज बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले आज दिउँसो १ देखि २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका रहेको बताए । यता सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिने भएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।