July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सन्दीप आजदेखि बन्द प्रशिक्षणमा,क्यानको निर्णय विवादमा

२०७९ माघ २०

474

काठमाडौंः नाबालिग बलात्कार आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो बन्द प्रशिक्षणमा सहभागी हुन भनिए पछि लामिछाने त्रिवि मैदानमा पुगेका थिए । बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल क्रिकेट (संघ क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । नाबालिग बलात्कार जस्तो जघन्य अपराधको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका लामिछानेलाई मुद्धाको टुंगो नलाग्दै निलम्बन फुकुवा गर्ने र साथै बन्द प्रशिक्षणमा समेत सामेल गराउने नेपाल क्रिकेट संघ क्यान० को निर्णय यत्तिबेला विवादित बन्न पुगेको छ । नैतिकताका हिसाबले पनि मुद्धाको छिनोफानो भइनसकेको व्यक्तिको सम्बन्धमा क्यानले यस्तो निर्णय गर्नु उचित नभएको जानकारहरु बताउछन् ।