काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। उनले १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
ठाकुरले जनता समाजवादी पार्टी जसपाका उम्मेदवार हरिनारायण यादवलाई हराएका हुन् । हरिनारायणले १४ हजार ३ सय २५ मत ल्याएर पराजित भएका हुन् ।
यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत,नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत र जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याएर पराजित भएका थिए ।