फ्लाइ दुबईको विमान पाइलटले अवतरण गराएनन्, सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदै
काठमाडौंः काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि पाइलटले काठमाडौंमा अवतरण गराएका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् । ‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने...