मासु खाँदा जेल हाल्ने कानुन खारेज गरः विभेदकारी कानुन खारेजी अभियान
काठमाडौंः विभेदकारी कानुन खारेजी राष्ट्रिय अभियानले धरानमा सार्वजनिक रुपमा गोरु काटेर गरिएको सामुहिक प्रतिरोध भोजमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न लागेको विषयमा विरोध जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभेदकारी कानुन खारेजी राष्ट्रिय अभियानले विरोधका साथै वृहत जनप्रतिरोधको अपिलसमेत गरेको हो । नेपाल बहुराष्ट्रियता, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधतायुक्त सार्वभौम मुलुक भए...