July 30, 2026, Thursday
२०८३ श्रावण १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो प्रदेशसभातर्फको समानुपातिक सांसद

२०७९ मंसिर २३

394

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २,२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरी छनोट भएका छन् । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको छ ।